पोखरामा सप्ताहव्यापी कर सचेतना कार्यक्रम
पाेखरा | मंसिर १, २०८१
लेखनाथ: स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराले आजदेखि यहाँ ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी पोखराका विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो ।
प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो ।
आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले कार्यालयको उक्त अभियानमा सङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा राख्नुभयो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग अन्तरक्रिया, सञ्चारमाध्यमसँग संवाद, शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिनुभयो ।
यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै कर अधिकृत शर्माले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गर्नुभयो ।
अडिटर एशोसियशन कास्कीका अध्यक्ष कमल रेग्मीले व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज आयोजित प्रभातफेरि कार्यक्रम पोखरा सभागृहबाट सुरु भई सृजनाचोक, सिमलचौर, रत्नचोक हुँदै रान्तरिक राजस्व कार्यालयमा पुगेर कर सचेतना सभामा परिणत भएको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

